पूर्णपुष्टि, कार्तिक २४ गते ।
झापाको भद्रपुर नगरपालिका–५ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–१३ झापाका २३ बर्षीय सन्दीप गौतम र ईसान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
हिजो राती ८ बजे अस्थायी प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउदैँ गरेका गौतम र श्रेष्ठलाई ३ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।
