Monday, June 22News That Matters

लागुऔषध सहित २ जना पक्राउ

गाईघाट/फागुन, ७ 
लागुऔषध सहित उदयपुरमा २ जना पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरले त्रियुगा नगरपालिका वडा नं ११ का २७ बर्षिय रुपन लिम्बु र सुमन राईलाई मंगलबार पक्राउ गरेको होे । प्रहरीले पक्राउ परेको राई र लिम्बुको साथबाट ५४ पिस १८ सेट लागुऔषाध बरामद गरेको छ ।

उनिहरुको साथ बाट बिभिन्न प्रकारको लागुऔषाध फेनारगन १८ सेट लुपिपेसन १८ सेट डाइजोपाम १८ सेट गरी ५४ सेट लागुऔषाध बरामत गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । उनिहरुलाई अनुसन्धान गरी कानुनी अनुसार कार्वाहरु बढाउने पनि प्रहरीले जनाएको छ ।