
उदयपुर/फागनु,७
त्रियुगा नगरपालिका १३ स्थित साहारा कृषि संस्थाको अर्धबार्षिक समिक्षा बुधबार सम्पन्न भएको छ । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको प्रमुख आथित्य तथा समाजसेवी समुहको अध्यक्ष डा. निर्मल केसीको विषेश आथित्यतामा समिक्षा कार्यक्रम सम्पन्न भएको हो । समिक्षा सहकारीको हाल सम्म गरेको काम र प्रगतिको बारेमा जानकारी सहित सम्पन्न भएको थियो । खासगरी उक्त सहकारी संस्थाले संञ्चालन गरेको चक्लाबन्दी खेतीको बारेमा विषेश चर्चा भएको थियो । ६४ हेक्टर जमिनमा गर्न लागिएको चक्लाबन्दी खेती एकिकृत रुपमा खेती गर्ने तयारी भइरहेको समिक्षामा जनाइएको छ ।
सबैले मिलेर एउटै वाली लगाउने धान मकै उत्पादन गर्ने विउ आफै उत्पादन गर्ने बाह्रै मास बाली लाउने योजनालाई सफल बनाउने तर्फ कृषकहरु अग्रसर रहेको कार्यक्रममा समिक्षा गरिएको छ । मुल्य बजार श्रम सबै हुने गरी राज्यका सबै विकास सँग सहमति, स्वीकृति र सहयोग लिने वातावरण बनेको कार्यक्रममा जनाईएको छ ।
कृषि निकायहरु प्रदेश सरकारबाट अनुदान मिल्ने र त्यसका लागि त्रियुगा नगरपालिकाले वेहोर्ने अनुदानमा पनि नगररपालिका तयार भएको छ । चक्लाबन्दी खेतीमा १ सय १८ घरधुरी संलग्न छन् । कृषि ज्ञान केन्द्रको सहकार्यमा २५ बिगाहामा बगरखेतीको काम बढेको छ । कार्यक्रममा यस कामको पनि बिषेश समिक्षा भएको छ ।
यसै कार्यक्रमको अवसरमा समाजसेवी समुहले सहकारी संस्थालाई १ सेट कम्प्युटर पनि प्रदान गरेको छ । समाज सेवीका अध्यक्ष डा. निर्मल केसीले संस्थाका अध्यक्ष सिताराम चौधरीलाई कम्प्युटर प्रदान गर्नुभयो । सहकारीका संस्थापक अध्यक्ष सरिलाल चौधरीलाई संस्थागत योगदानको कदर गर्दै कार्यक्रममा सम्मान गरिएको थियो ।
साथै कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरी, समाज सेवी समुहका अध्यक्ष डा. निर्मल केसी, १३ नं की वडा अध्यक्ष पशुपती चौधरी कृषि ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख नरनाथ रेग्मीलाई पनि संस्था तथा कृषि क्षेत्रमा पुराएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
समाजसेवी समुह उदयपुरका संयोजक विनोद कार्कीले चक्लाबन्दी खेतीको प्रयास र बगरखेतीको सुरुबाली लक्ष्मी बैँक सँगको कृषि कार्यक्रमबारे प्रष्ट पार्नुभयो । उहाँले प्रदिवेदनमै यसबार जानकारी दिनुभयो । हाल सहकारीले गर्नखोजेको योजनाहरु त्रियुगा नगरपालिकाकै गौरबको रुपमा लिइएको छ । उहाँले बताउनुभयो ।
