
गाईघाट/फागनु ८
प्रजातान्त्र दिवसको अवसरलाई अन्तिम दिन पारेर सगरमाथा अञ्चल आयुर्वेद औषधलयको परिसरमा सरसफाई गरिएको छ । प्रजातान्त्रका लागि सहिद भएका बीरहरुलाई सम्झँदै उदयपुरमा पनि प्रजातान्त्र दिवस विभिन्न कार्यक्रम सहित भव्य रुपले मनाई रहँदा अन्तिम दिन सरसफाई तथा बिभिन्न कार्यलयहरुमा दिप प्रज्वलन गरी यो दिवस सम्पन्न गरिएको हो ।
३ दिने अभियानको रुपमा रहेको सो दिवसलाई ६ गते बिभिन्न कार्यलयमा दिप प्रज्वलन गर्दै कार्यक्रमको अभियान सुरु गरियो । ७ गते विषेश दिनको रुपमा सरकारी निकायहरु सँग प्रजातन्त्र दिवस महत्व र सरोकारवालाहरुको भुमिका सहितको अन्र्तक्रिया ताथ हजारौँको संख्यामा प्रभातफेरी र्याली गरियो भने, आठ गते बिहिबार सगरमाथा अञ्चल आयुर्वेद औषाधलयको परिसरमा सरसफाई सँगै सम्पूर्ण कार्यलयहरुमा दिप प्रज्वलन गर्दै यसको समापन गरिएको जिल्ला समन्वय समितिको प्रमुख तथा दिवस समारोह समितिका अध्यक्ष खड्ग परियारले जनाकारी दिनुभयो ।
परियारले प्रजाताान्त्र दिवसलाई राष्ट्रिय व्यापी रुपमा मनाईएको बताउनुभयो । उहाँले सरकारको निति अनुरुप नै केन्द्र प्रदेश र जिल्लामा कार्यक्रमको आयोजना गर्दै अभियानको रुपमा मनाएको बताउनुभयो ।
अभियानमा बिषेशगरी केहि सहिदहरुको योगदानले आएको प्रजातान्त्रको सम्मान र सहि सदुपयोगको निम्ति समाज र राष्ट्रलाई योगदान पुराउँदै दिवस सम्पन्न भएको परियारले बताउनुभयो । उहाँले अमर सहिदहरुको सम्मानका लागि यस्ता अभियान सदैव संञ्चालनमा ल्याइरहने उहाँले बताउनुभयो ।
सगरमाथा अञ्चल आयुर्वेद औषाधलयको व्यवस्थापन तथा सहकार्यमा सरसफाई अभियान गरिएको सगरमाथा अञ्चल आयुर्वेद औषाधलयको प्रमुख डां सन्जिव यादवले बताउनुभयो ।
कार्यक्रममा समन्वय प्रमुख तथा राष्ट्रिय प्रजातान्त्र दिवस जिल्ला मुल समारोह समितिका अध्यक्ष खड्ग परियार, जिल्ला प्रमुख अधिकारी धुर्व बहादुर खड्का, जिल्ला प्रहरी प्रमुख बीर बहादुर बुढा मगर नेपाली सेना सशस्त्र प्रहरी वल कर्मचारी लगाएतले सरसफाई अभियानमा सहभागी जनाएका थिए ।
फोटो फिचर

