
गाईघाट/फागुन, ८
संगम सामुदायीक पुस्तकालयले संस्थालाई दिगो संस्थापक विकासको लागि बृहत आन्तरिक छलफल गरेको छ । बिहिबार पुस्तकालयको आफ्नै हलमा सदस्यताहरुको सहभागीमा संस्थालाई दिगो विकासको लागि बिभिन्न बुदामा छलफल गरिएको हो ।
पुस्तक एउटा शिक्षा हो जस्ले चेतनाको मुल फुटाउँने हुदा सबै नागरिकहरुमा चेतनाको विकासमा नजर पुराउन पनि पुस्तकालयको विकास हुन जरुरी रहेको संगम सामुदायीक पुस्तकालयको अध्यक्ष भरत खड्काले बताउनुभयो ।
उहाँले पुस्तकको माध्यमबाट नागरिकहरु धरैनै सचेत हुने हुँदा व्यक्ति मात्रै हैन समाज र राष्ट्रको समेत दिगो विकासको निम्ति पुस्तकालयको दिगो संस्थापक विकासको जरुरी रहेको बताउनुभयो । खड्काले कितावी सिकाईको क्षमताले अपराध र नकरात्मक वातावरणहरुको समेत अन्त्य गर्न सकिने हुँदा सबै नागरिकहरु पुस्तक सँग नजिक रहनु पर्ने बताउनुभयो ।
उहाँले हाम्रै उदयपुरमा पनि सामाजिक समस्याको रुपमा रहेको वालविवाह, लागुऔषाध जस्ता समाजको नकरात्मक क्रियाकलापलाई पनि पुस्तकको माध्यमबाट सामाधान तर्फ लाग्न जरुरी रहेको बताउनुभयो ।
संस्थालाई सामाजिक तथा संस्थागत रुपमा स्थापित गर्न सबैले पुस्तकालयको सदस्य वनेर लागि पर्नु पर्ने छलफलमा उठेको छ । संस्थालाइ संस्थागत हिसावले चलाएमान बनाउन आर्थिकलाई मजबुद बनाउनु पर्ने सदस्यहरुले बताए । हरेक क्षेत्रको प्रगतीमा आर्थिक प्रयास अत्यान्तै आवश्यक रहेको सदस्यहरुको भनाई छ ।
संस्थागत दिगो विकासका लागि आजको विषेश छलफल कार्यक्रममा सदस्यता वितरण तथा स्वागत, परिचय कार्यक्रम, संस्थाको प्रगती बारे जानकारी र समिक्षा, संस्थागत दिगो विकासको छलफल, अक्षयकोष तथा संस्थाको लागि आवश्यक भौतिक सहयोग, समाज समुदाय तथा सरोकारवालाहरुको चासो, लागएतको बुदाहरुमा छलफल भएको छ ।
छलफल कार्यक्रम सँगै संस्थाले संस्थापक सदस्य र आजिवन सदस्यहरुलाई सदस्यताको प्रमाण पत्र र संस्थागत सदस्यताको प्रमाण पत्र समेत वितरण गरेको छ । संस्थामा संस्थागत सदस्य, आजीवन सदस्य, मानर्थ सदस्य र साधारण सदस्य लगाएतका सदस्यहरुको सम्लग्न छ ।
फपोटो फिचर



