Thursday, May 7News That Matters

लागुऔषध सहित ३ जना पक्राउ

सुनसरी, भदौ २४ गते । 

सुनसरीको धरानमा लागु औषधसहित तीन जना पक्राउ परेका छन् । धरान उप–महानगरपालिका–८ बाट लागु औषध सहित पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटेका प्रहरी टोलीले दिउँसो धरान –१४ निबासी ४० बर्षीय कुमार बस्नेत, धरान–७  निबासी ३२ बर्षीय वसिम खान र ३४ बर्षीय राजेश भनिने नविन भण्डारीलाई दुईवटा मोटरसाईकलसहति पक्राउ गरेको प्रहरीले  जनाएको छ ।

डाईलक्स डि.सी. १० बोतल, स्पास्मोप्रोक्सिवन प्लस ९० क्याप्सुल, नाईट्रोसन २५ ट्याब्लेट, मोवायल २ थान र नगद २८ हजार सात सय ४० रुपैयासहित उनिहरुले लागु औषध ओसारपसारमा प्रयोग गरेका को ४ प १७३५ र को १० प ४७४७ नम्बरको मोटरसाईकल बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।