
पूर्णपुष्टि, पौष २२
मोरङमा मङ्गलवार राती करीब साढे ९ बजे लागुऔषध सहित ४ जनालाईे प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका–४ का २६ बर्षीय विकेन राई, १६ बर्षीय शिसिर घिमिरे, २५ बर्षीय राज कुमार लिम्बु र लेटाङ नगरपालिक–३ की २२ बर्षीया अनु राईलाई पक्राउ गरेको हो ।
निजहरुको साथबाट प्रहरीले लागुऔषध फेनारामाईन २० ट्याबलेट, फेनारागन २० ट्याबलेट, लुपिजेसीक २० एम्पुल र डाइजेल्याव १९ एम्पुल बरामद गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
