Wednesday, May 20News That Matters

लागु औषधसहित एक जना पक्राउ

उदयपुर, पुस २३ गते ।

उदयपुरमा लागु औषधसहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–११ निबासी २४ वर्षीय विनोद चौधरीलाई लागु औषधसहित पक्राउ गरेको हो ।

लहानबाट गाईघाट आउँदै गरेको ना १ ज ७३५३ नम्बरको विङ्गरलाई चेकजाँच गर्ने क्रममा चौधरीको साथबाट डाईजोल्याप १२ एम्पुल ,नोफिन १२ एम्पुल ,फेनारगन १२ एम्पुल फेला पारेको प्रहरीले जनाएको छ ।

लागु औषधसहित पक्राउ परेको चौधरीलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।