लागु औषध खौरो हिरोईन सहित दुई जना पक्राउ

पूर्णपुष्टि, मंसिर २६
मकवानपुरको छुट्टा छुट्टै स्थान बाट लागुऔषध खौरो हिरोईन सहित दुई जनालाई प्रहरिले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन नगरपालिका–२ टाँडीका ५२ बर्षीय नारायण खड्का र चितवन राप्ति नगरपालिका–७ का ३५ बर्षीय अर्जुन अधिकारी रहेका छन् ।
पूर्वपश्चिम राजमार्गको हेटौंडा १५ रातोमाटेमा वीरगञ्जबाट काठमाडौं जान लागेको ना ५ ख ४८०२ नम्बरको बस चेकजाँचको क्रममा प्रहरिले ५ ग्राम २८० मिलिग्राम खैरो हिरोइन सहित खड्कालाई नियन्त्रणमा लिएको हो । त्यस्तै हेटौंडा ११ शहीद स्मारक गेट घुम्न आएका अधिकारीको साथबाट १ ग्राम २ सय मिलिग्राम लागु औषध खैरो हिरोइन सहित प्रहरिले नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको रिमालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: