Thursday, August 6News That Matters

लागु औषध सहित दुई युवक पक्राउ

पुर्णपुष्टि, जेठ ७

लागु औषध सहित दूई युवकलाई प्रहरीले प्रक्राउ गरेको छ ।

आज दिउँसो २ बजे त्रियुगा नगरपालिका ७ धरमपुरमा लागु औषध सहित १९ बर्षीय अमीर खड्का र २० बर्षीय सुरज कार्कीलाई पक्राउ गरेको हो । कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला उदयपुरबाट खटिएको बिषेश टोलीले उनीहरुलाई पक्राउ गरेको हो । शंकास्पद अवस्थामा हिड्दै उनीहरुबाट लागु औषध भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट फेनार गन १२ एम्पुल, नोफिन १२ एम्पुल, डाईजेलाप १२ एम्पुल गरी जम्मा ३६ एम्पुल लागु औषध बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।