Friday, May 29News That Matters

कोरोना बाट मृत्यु भएको परिवारलाई १३ नं वडाद्धारा कृया खर्च र स्वास्थय सामाग्री प्रदान

पूर्णपुष्टि, जेष्ठ ७

त्रियुगा नगरपालिका १३ नं वडाले कोरोना बाट मृत्यु भएको परिवारलाई आर्थिक सहयोग र स्वास्थ्य सामाग्री वितरण गरेको छ । वडाले कृया खर्च बापतको आर्थिक सहयोग र स्वास्थ्य सामाग्री बितरण गरेको हो । कामको शिलशिलामा भैरवाको जगदम्वा सिमेन्टमा कार्यरत त्रिनपा १३ का ३६ कर्षिय राजु खड्काको बुटवल हस्पिटलमा कोरोना संक्रमण बाट मृत्यु भएको परिवारले जनाएको छ । उनको बैशाख २७ गते बुटवल हस्पिटलमा मृत्यु भएको थियो । मृतक परिवारलाई कृया खर्च बापत ५ हजार नगद सहित स्वास्थ्य समाग्रीहरु सेनिटाईजर, मास्क र फलफुल वितरण गरिएको वडा अध्यक्ष पशुपति चौधरीले बताउनुभयो । चौधरीले वडा भित्र मृत्यु भएको जति पनि संक्रमितहरु छन् उनिहरु सबैलाई कृया खर्च, स्वास्थ्य सामाग्री र फलफुल वितरणको कार्यक्रम वडाले गर्ने बताउनुभयो ।

चौधरीले यसको बारेमा वडामा रहेको सबै टोल विकास संस्थाहरुको अध्यक्ष लाई जानकारी गराएको बताउनुभयो । आफ्नो वडामा रहेको मृतक परिवार र संक्रमित परिवारहरु पत्ता लागेको खण्डमा वडाले मृतक परिवारलाई कृया खर्च र स्वास्थ्य सामाग्री उपलब्ध गराउने र संक्रमित परिवारलाई स्वास्थ्य सामाग्री र फलफुलको व्यवस्था गर्ने अध्यक्ष चौधरीले बताउनुभयो । मृतककी आमा मनमाया खड्काले कोरोना बाट छोरा गुमाएकोमा दुख व्यक्त गरिन् । माहामारीको वेला छोराको मृत्युलाई सहजले नियाल्न नपाएकोमा निकै दुखित रहेको बताईन् । पुष १ गते घरबाट हिडेका छोरा १ पटक घरमा आएका थिए, त्यसपछि घर नफर्किएका छोरा कोरोनाले मरेको भन्दा हो की होईना जस्तो लाग्छ उनीले भनिन् । पिडाको वेला वडाले गरेको सहयोगलाई खड्काले धन्यवाद व्यक्त गरिन् । माहामारीको बेला सबैको यस्तै हाल भईरहेको बेला आफ्नो परिवारमा पनि दुखद घट्ना घटेको अवस्थामा वडाले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरिन् । यो बेला सहजले कुनै पनि काम कर्तव्य गर्न नसकिरहेको अवस्थामा पनि वडाले घरमै आएर कृया खर्च र स्वास्थ्य सामाग्री वितरण गर्दा आफुलाई राहत मिलेको खड्काले बताईन् ।

वडाअध्यक्ष चौधरीले पिसिआरको रिपोर्ट भएमा नगरपालिका बाट पनि १० हजार आर्थिक सहयोगको व्यवस्था रहेको सुझाईन् ।