
धरान उप(महानगरपालिका(८ स्थित तिनकुने चोकबाट २३ बर्षीय सन्तोष साही लागुऔषध सहित पक्राउ परेका छन । हिजो साँझ साढे ५ बजे अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले साहीलाई पक्राउ गरेको छ ।
सवारी साधन चेकजाँच गर्ने क्रममा ईटहरीबाट धरान तर्फ आउदै गरेको यात्रु बाहक बसमा सवार धरान २ बस्ने साही प्रहरीको फन्दामा परेको हो ।
साहीले बोकेको झोलामा खानतलासी गर्दा सो झोला भित्र लुकाई छिपाई राखेको लुपिजेसिक ७४ एम्पुल, एभिल ७३ एम्पुल, डाईजेलाभ ७३ एम्पुल लागु औषध बरामद गरेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका साही उपर कानुनी कारबाही अगाडी बढाईएको साथै थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।