Monday, April 20News That Matters

लागु औषध सहित २ जना पक्राउ

मोरङ, पौष १७ गते ।

मोरङको बिराटनगरबाट लागु औषध सहित दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१२ आईतवारेबाट बुधबार साँझ ६ बजे पक्राउ परेका हुन्् ।

प्रहरी चौकी बखरीबाट खटेका प्रहरी टोलीले सुनदर हरैचा नगरपालिका–४ निबासी २१ बर्षीय सबिन कुमार चौधरी र १८ बर्षीय अजय चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट  फिनेरामिन १३ एम्पुल, डाईजोल्याप १३ पम्पुल, बुफ्रेनोरथिन १३ एम्पुल र प्रोथामिन हाईड्रो क्लोराईड एलपी १३ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेका दुवैजना माथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।