लागु औषध सहित ३ जना पक्राउ

पूर्णपुष्टि, मंसिर २८

मोरङको छुट्टाछुट्टै स्थानबाट लागु औषध सहित ३ जना पक्राउ परेको छ । भारतबाट नेपाल आउदै गरेको अवस्थामा हिजो दिउँसो साढे २ बजे बिराटनगर महानगरपालिका(१६ हुलास चौक ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी उप(महानगरपालिका(४ का २२ बर्षिय सन्तोष भुजेललाई लागुऔषाध सहित पक्राउ गरेको छ । उनको साथ बाट लुपिजेसिक ६ एम्पुल, डाईजापाम ८ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित पक्राउ गरेको हो ।

यस्तै गरी सोमवार राती ६ बजे बिराटनगर महानगरपालिका(१७ मटेरुवाचोक सुनसरी बाट पनि धरान उप(महानगरपालिका(१४ का ३२ बर्षिय अन्सन तामाङलाई लुपिजेसिक ११ एम्पुल, डाईजेपाम ११ एम्पुल र एभिल ११ एम्पुल सहित अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सोमवार साँझ नै ५ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय  बिराटनगरबाट खटिएको प्रहरी टोलिले बिशेष सुचनाको आधारमा सुन्दरहरैचा नगरपालिका(५ बलिया बाट मोटरसाईकलमा सवार रहेका केराबारी गाँउपालिका(६ का २१ बर्षिय सागर तमाङलाई पनि लागु औषाध सहित पक्राउ गरेको छ ।

चेकजाँच गर्दा उनको साथबाट फेनारगन ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाईजेल्याब ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र एभिल ८ एम्पुल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: