त्रियुगा नगरपालिका १३ असारी किरात चोक स्थित लागु औषाध सहित ४ जनालाई जिल्ला प्रहरी कार्यलय उदयपुरले शनिवार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १३ का २२ बर्षे रविन राई, सोहि ठाउँका १६ बर्षे सुगम राई, २४ बर्षे दिनेश दनुवार, र १५ बर्षे प्रदिप सुर्खेती रहेको छ ।
उनिहरुको साथ बाट फेनारगन १८ एम्पुल , लुपिजेसिक १८ एम्पुल र डाईजोल्याप १८ एम्पुल प्रहरीले बरामद गरेको छ ।
उनिहरुलाई बिषेश शुराकीको आधारमा सादा पोषाको प्रयोग गरी पक्राउ गरी गरिएको प्रहरीले बताए । थप अनुसन्धान गरी कानुन बमोजिमको प्रक्रिया चलाईने प्रहरीले जनाएको छ ।