
बेलका नगरपालिका इलाका प्रहरी कार्यलय रामपुर र त्रियुगा नगरपालिका लालपत्ता प्रहरी चौकी बाट लागु औषाध सहति २ जना पक्राउ परेको छ ।
करिब ६ः४५ बजेको समयमा लालपत्ता प्रहरी चौकीले लाहान बाट गाईघाट तर्फ आईरहेको स १ ज ५०३ नम्वरको विङगरलाई चेक जाँच गर्दा विङगरमा सवार उदयपुरगढी गाउँपालिका २ का विप्लप तामाङको साथ बाट १३० पिस नाइट्रोभेट ट्यावलेट सहित प्रहरीले पक्राउ गरेको छ ।
यता वेलका नगरपालिका ८ दिवाजोरमा इलाका प्रहरी कार्यलय रामपुरले मैनामैनी देखी कोठु तर्फ आईरहेको को १२ प ७१०३ नम्वरको मोटरसाईकल चेक जाँज गर्दा भोजपुरको हतुवागडी गाउँपालिका ७ का २२ बर्षे जय प्रकाश राई २ केजी लागुऔषाध (गाँजा) सहति पक्राउ परेको छ । राईलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय रामपुर ल्याइएको छ । भने तामाङलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलय ल्याईएको छ ।
