
झापा, चैत्र ३
झापाबाट लागुऔष ब्राउन सुगरसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । मेचिनगर नगरपालिका–१५ फडानि स्थित कासघारीबाट लागूऔषध ब्राउन सुगर सहित दुई जना भारतिय नागरिक पक्राउ परेका छन् ।
आज दिउसो साढे १ बजे भारत दार्जिलिङ बस्ने २७ बर्षीया सुनिता हेमरम र सोही स्थान बस्ने ३२ बर्षीया अनिता हेमरमलाई ब्राउन सुगर १ सय५० ग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धुलाबारी झापाले जनाएको छ ।
पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
