लागूऔषध सहित युवक पक्राउ

पूर्णपुष्टि, मंसिर १०
मोरङको बिराटनगर महानगरपालिका १५ स्थितमा रहेको १ नम्बर ढाटबाट लागूऔषध सहित एक जनालाई प्रहरिले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका १ हिले बस्ने २३ बर्षीय विवेक तामाङ रहेका छन् ।
हिजो बेलुका पौने ४ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध लुपिजेसिक ९ एम्पुल, डाईजाल्याब ९ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरेहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: