Monday, June 22News That Matters

लागूऔषध सहित १ जना पक्राउ

मोरङ, बैशाख ७

मोरङको बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । विराटनगर–४  कञ्चनबारीबाट सुनसरी धरान–८ का ३२ बर्षीय दिपेन तामाङ पक्राउ परेको हो ।

सोमबार दिउसो साढे २ बजे प्रहरीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध लुपिजेसिक ३४ एम्पुल र डाइजापाम ८६ एम्पुल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

लागुऔषधसहित पक्राउ परेका तामाङमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।