
पूर्णपुष्टि, फागुन ६ ।
उदयपुरकाे सदरमुकाम गाइघाटस्थित जिल्लाकै पहिलाे बाेर्डिङ स्कुल ‘लालीगुराँस बोर्डिङ स्कुल’ले मंगलबार खेलकुद पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । बोर्डिङको वार्षिक खेलकुद सप्ताह कार्यक्रम अन्तर्गत भएका विभिन्न खेलका विजयी विद्यार्थी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको हो । माघ ७ गतेदेखि सप्ताहव्यापी खेलकुद सञ्चालन भएको थियो ।
स्कूलले २० खेलकुद विद्यामा विजयी विद्यार्थी खेलाडीहरुलाई पुरस्कार वितरण गरेको थियो । विभिन्न स्थानमा चारसय मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
खेलकुद अन्तर्गत फुटबल, कबड्डी, दौड, हाइजम्प, लङजम्प, टेबलटेनिस, म्यूजिकल चियर लगायतका २० किसिमका खेलहरु भएका थिए । सांगीतिक कार्यक्रमका साथ भएको कार्यक्रममा स्कूलका सञ्चालक, प्रिन्सिपल तथा शिक्षकहरुले विजयी विद्यार्थी खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए ।
कार्यक्रमका तस्विरहरू :

