Friday, June 19News That Matters

पशुपतिमा गाँजाले लठ्ठीनेदेखि नागाबाबासमेत आउन थाले

फागुन ६ गते ।

नेपाली हिन्दु धर्मावलम्बीहरुले भब्यरुपले मनाउने महाशिवरात्रिको तयारी भब्य भईरहेको छ । खासगरी नेपालको सबैभन्दा प्रख्यात धार्मीक स्थल पशुपतिनाथ परिसरमा विशेषरुपले मनाइन्छ । त्यसको तयारी अहिले भइरहेको छ ।

पर्व नजिकिँदै जाँदा पशुपतिनाथमा चहलपहल पनि बढ्दै गईरहेका छ । खासगरी शिवरात्रीमा साधु, सन्तहरु विशेष हुने गरेका छन् । शिवभक्तको रुपमा चिनिने साधु, सन्तहरु नेपालका विभिन्न स्थान र भारतबाट ठूलो संख्यामा आउने गरेका छन् । साधु, सन्तहरुको चहलपहल अहिलेदेखिनै देखिन थालेको छ ।

गाँजा,भाङ जस्ता मादक चीजले मस्त हुने, नाँगिनेदेखि पूजापाठ गर्नेसम्मका साधु, सन्तहरु देखिन्छन् । साधु, सन्तदेखि लाखौंको संख्यामा आउने भक्तजनहरुको व्यवस्थापन सरकारले गर्ने गरेकोे छ ।