
फागुन ६ गते ।
कोरोनाका कारण नेपालका ठूला निर्माण योजना पनि प्रभावित देखिएको छ । रुपन्देहीको भैरहवामा निर्माण हुदै गरेको अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित बनेको हो ।
सन् २०२० को मार्चमा निर्माण सक्ने भनिएको विमानस्थलको निर्माण कार्यमा खटिएका चिनीया कामदारहरु नफर्केपछि करिब ८ महिना ढिलाई हुने भएको हो । चिनमा कोरोना भाइरस देखिएपछि फर्किएका चिनिया कामदारहरु चीन सरकारले आवतजावतमा कडाई गरेपछि फर्कन पाएका छैनन् ।
विमानस्लको केही काम अझै बाँकी रहेको र कोरोना भाइरसका कारण प्रभावित भएको आयोजनाले जनाएको छ । विद्युत, फिनिसिङ जस्ता कामहरु बाँकी रहेका छन् ।
