
पूर्णपुष्टि,माघ २६
किरात शिरिजङ्गा लिपि सिक्न लिम्बू समुदाय भन्दा अन्य जाती बढी इच्छुक देखिएको धरान–१५ का जनप्रतिनिधिहरुले बताएका छन् ।
धरान उपमहानगरपालिका–१५ को सहयोग तथा लिम्बु भाषा लिपी प्रशिक्षण केन्द्रको आयोजनामा धरान–१५ स्थित श्री बद्रीनाथ आधारभूत बिधालयमा संचालित पाँच दिने किरात शिरिजङ्गा लिपि लेखन प्रशिक्षण को समापन कार्यक्रममा उनिहरुले बताएका हुन ।
समापन कार्यक्रमका प्रमुख अतिथी वडा सदस्य रामकाजी राईले (नेपाल बहुभाशिक, बहुसास्कृत) रास्ट्र भएकोले सबै जातिको भाषा लिपि सस्कार सस्कृती सिक्नुले हामिलाई सामाजिक रुपमा काम गर्न सहज हुने बताउनुभयो ।
त्यस्तै वडा सदस्यद्वय जानुका कार्की र नरमाया बिकले कुनै पनि जातिको भासा लिपि देशको सम्पत्ति भएकोले सरकारी तवरबाट नै ऐक्षिक नभैइ शैक्षिक रुपमा अगाडी बढाउनु पर्ने र सम्बन्धित संस्थाहरुले सरकार समक्ष पहल कदमी गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै कियाचु सुनसरी अध्यक्ष मोहनकुमार हुक्पाचोङ्बाङ्ले सबै जातिको भासा लिपि देसको सम्पत्ति हो । यसको बिकासको निमित्त सरकारसँग आर्थिक सहयोग माग गर्नुपर्ने बिडम्बना रहेको बताउनुभयो । स्कुलका प्र.अ. देबराज लिम्बुले स्कुलमा अध्ययनरत विद्यार्थी लिम्बू समुदायको भन्दा गैर लिम्बुहरु बढी भएतापनि किरात शिरिजङ्गा लिपि र लिम्बू भासा सिक्न इच्छुक रहेको बताउनुभयो ।
माघ २१ गतेदेखि २५ गतेसम्म संचालित सो तालिममा कक्षा ३ देखि ८ सम्मका ६७ जनाले नाम लेखए पनि ५४ जना विद्यार्थीहरुले नियमित रुपमा किरात शिरिजङ्गा लिपि र केही लिम्बू भाषा सिकेका थिए । सहभागी विद्यार्थीहरुमा ५ जना लिम्बू, ९ जना राई, ९ जना क्षेत्री बाहुन, २३ जना दलित, ४ जना तामाङ, २ जना मगर, १ जना गुरुङ र १ जना चौधरी रहेका थिए ।
सबै प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथी तथा अतिथिहरुले प्रमाणपत्र र नोट्बुक बितरण गरेका थिए ।
पाँच दिने सो कार्यक्रमको उद्घाटन वडाध्यक्ष नरेश कुमार इवारमले माघ २१ गते लिपि लेखेर शुभारम्भ गर्नु भएको थियो । कार्यक्रम लिम्बू भाषा लिपि प्रशिक्षण केन्द्रका अध्यक्ष एवम् प्रशिक्षक स्वर्णिमहाङ फोम्बो लिम्बुको सभापतित्व र सञ्चालनमा समापन भएको थियो ।

