Monday, May 18News That Matters

टेलिकमका अधिकृत महिलामाथि दुरव्यवहार गरेको आरोपमा पक्राउ

पूर्णपुष्टि,माघ २६

विराटनगरबाट नेपाल टेलिकमका सहायक अधिकृतलाई महिलामाथि दुरव्यवहार गरेको आरोपमा पक्रउ गरेको छ । विराटनगर महानगरपालिका–५ घर भएका ५३ वर्षीय नारायण कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।

कटुवाल टेलिकमको विराटनगर कार्यालयमा कार्यरत छन् । आफन्तले पठाएको पैसा आईएमईबाट झिकेर आउँदै गरेको अवस्थामा विराटनगरको बरगाछी आसपासमा कटुवालले महिलामाथि आइतबार दिउँसो अश्लिल गालीगलौज गर्दै सार्वजनिक स्थलमा दुरव्यवहार गरेको प्रहरीले जनाएको छ ।

महिलाले साँझ जिल्ला प्रहरी कार्यालयमा कटुवाल विरुद्ध उजुरी दिएपछि नियन्त्रणमा लिएर घटनाको जिल्ला  प्रहरी कार्यालय मोरङले अनुसन्धान सुरु गरेको छ ।

कटुवालले यसअघि पनि महिलामाथि विभिन्न गालीगलौज र दुरव्यवहार गर्ने गरेको प्रहरीले बताएको छ । बारम्बार घटना दोहोरिन थालेपछि महिलाले प्रहरीमा कटुवाल विरुद्ध उजुरी दिएको हो ।

पछिल्लो पटक सार्वजनिक स्थलमा महिलामाथि अश्लिल गालीगलौज गर्दै दुरव्यवहार गरेको स्थानीय बासिन्दाले पनि देखेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका कटुवालविरुद्ध कारबाही अघि बढाउन थप अनुसन्धान गरिरहेको छ ।