Monday, May 18News That Matters

चौदण्डीगढीमा तीन महिने ढाँका बुनाई तालिम उद्घाटन

 

 पूर्णपुष्टि,माघ २६

तीन महिने ढाँका बुनाई तालिमको उद्घाटन चौदण्डीगढी नगरपालिका–७ हाङबजारमा भएको छ । तालिमको उद्घाटन वडाध्यक्ष तेजराज तिम्सिनाले आईतबार गर्नुभएको हो ।

चालु आर्थिक वर्षको बजेट १ लाख ८० हजार मध्येको ९० हजारले तालिम सञ्चालन गरिएको हो । बाँकी ९० हजार रुपैयाँले चाँडैनै महिलाहरुलाई उद्घोषण तालिम सञ्चालन गरिने महिला सीप तथा क्षमता अभिवृद्धि तालिम समितिकी सल्लाहाकार निर्मला राईले बताउनुभयो ।

वडामा रहेका महिलाहरुलाई उद्यमशिल बनाउँने उदेश्यले तालिम सञ्चालनमा ल्याएको वडाध्यक्ष तिम्सिनाले बताउनुभयो ।

उहाँले भन्नु भयो, ‘सीप सिकिसकेपछि त्यतिकै घरैमा नबस्नुहोस् आत्मनिर्भर बन्न सक्ने अवसरको खोजि गर्नुहोस् आवश्यक परे सामान्य समस्यको लागि वडाकोसाथ सहयोग रहेछ ।’

हरेक क्षत्रमा महिलाहरु निपुण हुनु पर्ने बताउँदै तालिमले महिलाको आयआर्जनमा टेवा पुग्ने वडाध्यक्ष तिम्सिनाल बताउनुभयो ।

राज्यको बजेटबाट सञ्चालन हुने क्षमता अभिवृद्धिका तालिमहरुको सही सदुपयोग गर्न सकेमात्र विनियोजित बजेटले सार्थक्ता तथा अर्थ राख्ने बताउँदै महिला भवनको लागि छुट्टै ५ कट्ठा जग्गा उपलब्ध गराउँनेसमेत प्रतिवद्धता जनाउनुभयो ।

वडाभरी रहेका कूल १३ वटा टोल विकास संस्थाबाट एकएक जनाको प्रतिनिधित्व हुनेगरी  महिलाहरु तालिममा सहभागी भएका थिए ।