Saturday, April 25News That Matters

लिफ्टमा चेपिएर एक जनाको ज्यान गयो

पूणर्पुष्टि,वैशाख १५

सुनसरीमा लिफ्टमा चेपिएर एकजना मजदुरको ज्यान गएको छ । दुहबी नगरपालिका-८ फुटानी चोक स्थितमा रहेको पशुपती फ्याक्ट्रीका मजदुर भारत बिहार सम्सतिपुर का १९ बर्वाीय रुपेश कुमारको लिफ्टमा चेपिएर ज्यान गएको हो ।

मंगलबार बेलुका ९ बजे सोही फ्याक्ट्रीमा दुई तला माथि सामान लैजाने क्रममा लिफ्टमा अचानक टाउको चेपिएर कुमार ज्यान गएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।