
णर्पुष्टि,वैशाख १५
मोरङ उर्लाबारी नगरपालिका-४ स्थित आईतबारे बजारबाट प्रतिबन्धित औषधीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उर्लाबारी-४ का २१ वर्षीय सागर तामाङ् र सोही स्थानका १७ वर्षीय दिपेश राजवंशीलाई पक्राउ गरेको हो ।
मंगलबार बेलुका ७ बजे प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुको साथबाट प्रतिबन्धीत औषधी ट्रामोल-१०० चक्की र डिकोलिक -१०० चक्कीसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय उर्लबारीले जनाएको छ ।
