Friday, January 24News That Matters

लिम्चुङबुङकाे सबै वडामा अपाङ्ता परिचयपत्र वितरण गरिदै

पूर्णपुष्टि, चैत १९ ।
लिम्चुङबुङ गाउँपालिका, महिला तथा बालबालिका  शाखाकाे आयाेजनामा पाँचै वडामा अपाङ्गता परिचयपत्र वितरण थालिएकाे छ ।
घुम्तिशिविर वडा-वडा मै आयाेजना गरेर वितरण थालिएकाे हाे । गाउँघरमै सेवा पुर्याउने उद्देश्यले चैत १८ गते वडा नं. १ बाँसबाेटेदेखि शिविरमार्फत अपाङ्गता परिचयपत्र वितरण थालिएकाे पालिकाकाे महिला तथा बालबालिका शाखाले जनाएकाे छ ।
शिबिर क्रमिकरुपले सबै वडामा राखिनेछ । यसैक्रममा आज वडा नं. २ ताम्लिछामा शिविर सञ्चालन गरि परिचयपत्र वितरण भएकाे छ । त्यहा ३ जनालाई अपाङ्ग परिचयपत्र वितरण भयाे । ताम्लिछाकाे बालाभञ्जयाङ बस्ति स्थित शंकर बि.क. काे घरमै पुगेर  ख बर्गकाे निलाे कार्ड प्रदान गरिएकाे छ ।  पालिकाकी उपाध्यक्ष रमिला राईले समन्वय समिति टाेलीका साथ बि.क. लाई परिचयपत्र प्रदान गर्नुभयाे ।
यसैगरी चैत २० गते वडा नं. ४ बलम्तामा, चैत २१ गते वडा नं. ५ जाँतेमा र अन्तिमदिन चैत २२ गते वडा नं. ३ काे बराहामा शिविर गरिने जनाईएकाे छ ।
पालिकास्तरकाे स्वास्थ्य शिविर भने गत माघ २ गते सम्पन्न भएकाे थियाे ।