लिम्चुङबुङका समाजसेवी तथा पूर्व क्याप्टेन राईको निधन, पालिकाले दियो सोक विदा

पूर्णपुष्टि, पुष २९
श्री क्या. पर्शराम पदमा राई मा. वि. वलम्ताका व्यवस्थापन समितिको अध्यक्ष लिम्चुङबुङ गाउँपालिका शिक्षा समिति सदस्य तथा समाज सेवी बुद्धिजिवी अग्रज पुर्व क्याप्टेन पर्शुराम राईको निधन भएको छ । राईको यही पुष २८ गते बुधबारका दिन निधन भएको थियो । राई समाजका अग्रज र बुद्धिजिवीका समेत अगुवा थिए । राईको निधनमा पालिकाले एक दिने सोक विदा समेत दिएको छ । पूर्व बेलायती क्याप्टेन समेत रहेको राईले पालिकामा मात्रै नभई देशव्यापी रुपमै सामाजिक योगदान पुराएको र अति महत्वपूर्ण व्यक्ति पालिकाले गुमाएको भन्दै एकदिने सोक विदा दिइएको पालिका अध्यक्ष मेजर राईले जानकारी दिए ।
राईको निधनले पालिकामा मात्रै नभई जिल्ला र देशमै क्षती पुराएको भन्दै उहाँको आत्मा चिर शान्ति सहित उच्च सम्मानको साथ पालिकाले विदा दिइएको अध्यक्ष राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: