
पूर्णपुष्टि, वैशाख १३ ।
गत २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट अत्याधिक मत प्राप्त गरी लिम्चुङबुङ गाउँपालिकाको उपाध्यक्ष निर्वाचित रमिला राईले सोही पदमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।
गत चुनावमा आफुले पाएको लोकप्रीय मत र पाँचवर्षे कार्यकालमा गरेको राम्रा कामहरुको मूल्याङ्कन नै नगरी पार्टीले वेवास्ता गरेपछि स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाई छ । पार्टीले समावेशी उम्मेदवारसम्म नरहनेगरी आफुमाथि अन्तर्घात गरेको भन्दै उनले वैकल्पिक स्वतन्त्र उम्मेदवार घोषणा गरेकी हुन् । कांग्रेसबाट बागी उम्मेदवार उनी बलियो उम्मेदार हुन् ।
पार्टीले पुष्पलाल राईलाई उपाध्यक्ष उम्मेदवारको टिकट दिएको छ । राई गत चुनावको अध्यक्ष पदका प्रत्यासी हुन् । गतवर्ष अध्यक्षमा पराजित प्रत्यासीलाई उपाध्यक्षको टिकट दिनुले पार्टीभित्र ब्यापक असन्तुष्टि देखिएको छ ।
सो पालिकामा नेकपा एमालेको तर्फबाट उपाध्यक्षमा देवकुमारी कार्कीले उम्मदेवारी दर्ता गराएका छन् । एक उपाध्यक्ष पदका लागि लिम्चुङबुङमा तीनजनाको प्रतिष्पर्धा देखिएको छ ।
