
पूर्णपुष्टि, १६ बैशाख ।
लिम्चुङबुङ गाउँपालिकाले कृषि उत्पादन बिक्रिका लागि एक कम्पनी सँग सम्झौता गरेको छ । पालिकाले स्थानीय उत्पादनको बजार व्यवस्थापनलाई सहज बनाउन कागवेनी ईन्टर प्राईजेज प्रालिसँग सम्झौता गरेको हो । गाउँपालिकाले स्थानीय किसानको उत्पादन आफैँले बजारीकरण गर्ने भन्दै सम्झौता गरेको हो । पालिकामा उत्पाददित अकबरे खोर्सानी, तरकारी र फलफूल बेच्न कागवेनी ईन्टर प्राईजेज प्रालिसँग सम्झौता गरेको पालिका अध्यक्ष मेजर कुमार राईले जनाए । उनले प्रालि र आफुबीच तरकारी र फलफूल बजारीकरणको जिम्मा प्रालिले लिने सहमति भएको जनाएको छ । उनकाअनुसार प्रालिले प्रचलित बजार मूल्यका आधारमा किसानले उत्पादन गरेका कृषि उपज खरिद गर्नेछ ।
सम्झौतामा गाउँपालिकाका तर्फबाट अध्यष राई र कागवेनी ईन्टरप्राईजेजका प्रबन्ध निर्देशक लोक जंग लामाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । यो कार्यले स्थानीय उत्पादनले बजार नपाएर खेर जाने विगतको समस्या समाधान हुने उनको भनाइ छ ।
