लिम्चुङबुङको ढुकुरथुममा १ करोड ४८ लाख बराबरको सिचाई आयोजना सम्पन्न

पूर्णपुष्टि, पुष १५
उदयपुरको पहाडी पालिका लिम्चुङबुङ गाउँपालिकामा ठुलो लगानीमा सिँचाई आयोजना सम्पन्न भएको छ । वडा नं। ५ ढुकुरथुम जाँतेमा सिचाई आयोजनाको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । आयोजनाको सम्पूर्ण काम सम्पन्न भएपछि उद्घाटन कार्यक्रम सम्पन्न गरेको हो ।


योजना निर्माणका लागि २०७१ सालमा सिचाई डिभिजन कार्यालय उदयपुरबाट पहिलो किस्ता १ लाख ९० हजार बजेट बिनियोजन भएपछि २०७१ साल चैत १५ गतेदेखि ढुकुरथुम सिचाई योजनाको काम विधिगत रुपमा अघि बढेको थियो ।

ढुकुरथुमका युवा नेता तथा स्थानीय प्रविन राईले कामको थालनी भएपछि सिचाई डिभिजन कार्यालय उदयपुरले क्रमागत रुपमा रकम बिनियोजन गर्दै १ करोड ३४ लाख रुपैया विनियोजन गरेको र जनश्रमदान वापत १४ लाख ७४ हजार सहयोग प्राप्त भएको बताए ।’ उनले सोहि अन्तरर्गत, कूल लागत १ करोड ४८ लाख ७४ हजार रुपैयाले योजना सम्पन्न भएको जानकारी दिए ।सिचाई योजना सफल भएसँगै स्थानीय जनतामा खुशी छाएको युवा नेता कबिचन्द्र राईले बताए । ‘यस योजनाले ढुकुरथुमका २५ देखि ३५ घरधुरीका जनताले प्रत्यक्ष लाभ लिने बताए । तर, यो योजना दीर्घकालीन हुन आवश्यक रहेको टिप्पणी गरे ।’

त्यसैगरी, अर्का स्थानीय युवा मानदेव राईले सिचाई आएसँगै युवा तथा कृषि पेशामा आबद्ध भएका सवै जनतामा खुशी छाएको बताए । उनी भन्छन्, अब ढुकुरथुमबासी जनताहरु सिचाईको उचित उपयोग गर्न नयाँ कृषि योजना बनाउँदै अघि बढ्ने बताए । कार्यक्रममा बोल्दै सिचाई डिभिजनका प्रमूख देबनन्द मण्डलले योजना जनमुखी रहेको र आगामी दिनमा यस योजनाले ढुकुरथुमबासी जनताहरुको जीवनस्तर परिबर्तन हुने बिश्वास व्यक्त गरेका छन् । मण्डलले आगामी दिनहरुमा सिचाई मर्मत तथा संभारका लागि आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: