Thursday, May 28News That Matters

लिम्चुङबुङको ५ नं वडामा एक वस्ती बाट अर्को वस्तीमा जान प्रतिवन्ध

मिलन परियार
लिम्चुङबङ बैशाख,

उदयपुर नेपालकै धेरै संख्या र १ नं प्रदेशको पहिलो कोरोना संक्रमण जिल्ला भए सँगै जिल्लाका पहाडी इलाकाहरु पनि त्रसितमय बन्न पुगेको छ । लिम्चुङबुङ गाउँपालिका स्थित वडा नं ५ जाँतेमा एक ठाउँ बाट अर्को ठाउँ र एक वस्ति बाट अर्को वस्तिमा जान प्रतिवन्ध लगाएको छ ।

वडाको युनिट एक्सन कमिटी , वडा कार्यलय जाँते , र स्वास्थ चौकी जाँतेको  सक्रियतामा एक टोल बाट अर्को टोल जान अत्यावश्यक काम बाहेक रोक लगाएको हो । अहिले साबिक वडा नम्बर १ को टोड्केका  सिमानामा ढाट घेरा बेरा लगाई  पालो गरि स्वयंसेवक को रुपमा  प्रत्येक दिन २ जना स्याथानीय र स्वास्थ कर्मी लगाएतको टोली खडा भएको छ ।

टोली देउराली र बुइखाको  हेल्प डेक्समा बसि आउत जाउत गर्ने परिचित तथा अपरिचित मान्छेको  पहिचान र निगरानी गर्न खटिएका छ्न ।  वडा सङगको समन्वयमा अहिले हिम्मा , चौलाने , मिनासिका , खोस्तुङ ,जांते , टोडकेमा स्थानियले घेरा बेरा लगाई गाउँबाट आवत जावतमा रोक लगाएको हो ।

टोलीले आफ्नै वडाका छिमेकी टोल र गाउँ भन्दा बाहिर कामको सिलसिलामा गइ घर फर्किएका लाई कडा निगरानीमा राखेको छ । अपरिचित मान्छेलाई पूर्ण रुपले प्रतिवन्ध लगाइएको र बाहिर बाट आएका स्थानीयहरुलाई पनि पालिकाले स्थापना गरेको क्वारेन्टाइनमा पठाउने काम भैरहेको वडा अध्यक्ष केसर कुमार खड्काले जानकरी दिनु भयो ।

कामको सिलसिलामा बाहिर गएका  ब्यक्तिहरुका निम्ति पालिकाले तथ्यांक संकलन गरिरहेको र गाउँ प्रवेश गर्ने जो कोहि लाई पनि क्वारेन्टाइनमा नबसी सिधै घर गएको पाइएमा कानुन बमोजिम पालिकाले कार्बाही गर्ने पालिका अध्यक्ष मेजर कुमार राईले जानकारी दिनु भयो ।