
पूर्णपुष्टि, बैशाख ९ गते ।
कोरोना भाईरस (कोभिड–१९) को सक्रमण रोकथाम तथा नियन्त्रणका लागी जिल्ला समन्वय समितिले खोटाङ जिल्ला आवतजावतमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको नवौं बैठकले जिल्ला भएर हुने आवतजावतलाई पूर्णरुपमा रोक्ने निर्णय गरेको जिसस खोटाङले जनाएको छ ।
आज बसेको बैठकले गहन छलफल गरेर कम्तीमा एक हप्ताको लागि छिमेकी जिल्लामा आवतजावत पूर्ण रुपमा निर्णय गरेको जनाईएको छ ।
पछिल्लो समय बाहिरी जिल्लाबाट हिँडेर खोटाङ प्रवेश गर्ने क्रम बढेपछि सबै पालिकाका प्रमुखहरुसहित प्रमुख जिल्ला अधिकारी र समन्वय समितिका प्रमुख समेतको उपस्थितिमा जिल्लामा हुने आवत जावतलाई रोक्ने निर्णय गरेको हो ।
