Sunday, June 28News That Matters

हावाले क्षेतीग्रस्त २ परिवारलाई तत्कालका लागि त्रिपल सहयोग

 

त्रियुगा नगरपालिका वडा नं १३ ले हावा बाट प्रभावित २ परिवारलाई तत्काल व्यवस्थापनको लागि त्रिपल सहयोग गरेको छ । सोमवार रातिको हावा हुन्डरीले त्रियुगा नगरपालिका वडा नं १३ मा २ घर पूर्ण रुपले क्षती पुराएको थियो ।

अचानक राति करिब १० बजेको समयमा आएको ठुलो हुन्डरीका कारण पोर्ताहा स्थित तुलसी प्रसाद चौधरी र महेश प्रसाद घिमिरेको घर हावाले ध्वस्त पारेको थियो । घरको छाना सहित गोठ र घरको कोरा समेत उडाई क्षेती पुराएको पिडित परिवारहरुले बताउनुभयो ।

घरको सबै छानो उडाएपछि कोठामा रहेको विभिन्न सामाग्रीहरुमा क्षती पुगेको छ । टिभि, बत्तिको लाइन, लत्ता कपडा र खाद्यन्न पानीले भिजाएर क्षेति पुराएको पिडित परिवार महेश प्रसाद घिमिरेले बताउनुभयो ।

दुवै घरको ३÷३ ओटै कोठाको छानो उडाएको छ । हावाले छानो उडाएपछि आफुहरु भने खाटमुनी लुकेर ज्यान बचाएको पिडित तुलसी प्रसाद चौधरीले बताउनुभयो । चौधरीको घर सहित गोठ पनि उडाएको छ ।

हावाले क्षेति ग्रस्त भएको २ परिवारलाई वडाले २÷२ ओटा त्रिपल व्यवस्था गरिदिएको छ । तत्कालका लागि सामानहरुको सुरक्षित र आफ्नो सुरक्षा गर्दै गर्न वडाले त्रिपलको व्यवस्था गरिदिएको १३ नं वडाकी वडा अध्यक्ष पशुपति चौधरीले बताउनुभयो ।

चौधरीका अनुसार दुवै घरमा २÷२ लाख बराबरको क्षती पुगेको छ । उनिहरुको थप व्यवस्थापनको लागि वडामा छलफल गर्ने चौधरीले बताउनुभयो ।

फोटो फिचर