लिम्चुङबुङमा गरिब तथा निम्न आय स्रोत भएकालाई बाँसको मुढा बनाउने ७ तालिम सुरु

पूर्णपुष्टि, पुष ४
उदयपुर जिल्लाकै पहाडी विकट पालिकाको रुपमा मानिने लिम्चुङबुङ गाउँपालिकामा बाँसको मुढा बनाउने सात दिने तालिम सुरु भएको छ । लिम्चुङबुङ गाउँपालिका उद्यम विकाश शाखाको आयोजनामा स्थानीय गरिब तथा विपन्न ६ जनालाई बाँसको मुढा बनाउने तालिम सुरु भएको हो ।
तालिम मंसिर २९ गतेदेखि नै सुरु भएको र पौष ६ गतेसम्म संचालन हुने छ । तालिममा सहभागी भइ सिप सिकेर जिविकोपाजर्न गर्न सहज हुने र सिकेको सीपलाई व्यवसायीक रुपमा नै अगाडि बढाउने उद्देश्य स्वरुप तालिम संचालन गरिएको उद्यम विकास शाखा प्रमुख हापेन्द्र भट्टराईले बताउनुभयो । उहाँका अनुसार दलित महिला पाँच जना र निम्न वर्गका विपन्न एक जना गरी ६ जना तालिममा सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: