लिम्चुङबुङमा पाठेघर अप्रेशन गर्नुपर्ने अवस्थाका ४१ जना फेला

पूर्णपुष्टि, कात्तिक १४ ।
पाठेघर खस्ने महिलाहरुको एक जटिल स्वास्थ्य समस्या हो । त्यसमा पनि अझ ग्रामिण महिलाहरुमा यो समस्या अझ जटिल छ । यसैकुरालाई मध्येनजर गर्दै लिम्चुङबुुङ गाउँपालिकाले आयोजना गरेको स्वास्थ्य घुम्ति शिविर पालिकाका महिलाहरुको लागि लाभदायक बन्न पुगेको छ ।

शिविरबाट जटिल प्रकृतिको पाठेघर खस्ने समस्या भएका ४१ जना महिला भेटिएका छन् । उनीहरुको समस्या तेस्रो डिग्रीसम्म पुगेको पाइएकोले अप्रेशन गर्नुपर्ने महिला विकास शाखाकी प्रमुख सुशिला सुब्बाले बताइन् । उनीहरुलाई जिल्ला अस्पतालसंग समन्वय गरी निःशुल्करुपमै अप्रेशनको ब्यवस्था पालिकाले मिलाउने बताइएको छ ।

पालिकाले आफ्नै ठाउँमा सेवा दिने उद्देश्यले “महिलाको पाठेघर खस्ने समस्या, यौनजन्य रोगहरु तथा पाठेघरको क्यान्सर सम्बन्धी ५ दिने स्वास्थ्य शिविर” वडा नं. २ ताम्लिछामा सञ्चालन गरेको थियो । ९ गते वडा नं. ३ बराहाबाट उद्घाटन भइ सुरु भएको शिविर १३ गते वडा नं. २ ताम्लिछाबाट सम्पन्न भएको हो । शिविरको उद्घाटन् पछि वडावडामै पुगेर महिलाहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको पूर्व स्वास्थ्यकर्मीसमेत रहेकी पालिका उपाध्यक्ष रमिला राईले बताइन् । भौगोलिक विकटतालाई मध्येनजर गर्दै पालिकाले वडावडामै घुम्ति शिविर राखिएको उनले बताइन् ।

शिविरमा वडा नं. १ बाँसबोटेका ६८, वडा नं. २ ताम्लिछाका ४८, वडा नं. ३ बराहाका २९, वडा नं. ४ बलम्ताका ४७ र वडा नं. ५ जाँतेका ५३ जना महिलाले स्वास्थ्य जाँच गराएको स्वास्थ्य शाखा प्रमुख नौलशेर राईले बताए ।

लिम्चुङबुङ गाउँपालिका महिला विकास शाखाको आयोजना तथा ओरेक उदयपुरको सहकार्य रहेको शिविरमा जिल्ला अस्पतालका स्टाफनर्श छवित्रा राई, पालिकाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सेवामा खटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: