
पूर्णपुष्टि, बैशाख ३०
लिम्चुङबुङ गाउँपालिकामा उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा बर्षातका कारण मतदानमा असहजता भएको छ । बिहान सात बजेदेखी नै मतदान कार्य सुरु भएृपनि पानी परेको कारण मतदाताहरुलाई असहज बनाएको छ । बर्षाकै समयमा पनि मतदाताहरुले उत्साहपूर्ण सहभागीता जनाएको छ । लिम्चुङबुङमा एमाले सँग कांग्रेस र माओवादीको संयुक्त गठबन्धन विच प्रतिस्पर्धा रहेको छ । उदयपुरकै कम मतदाताहरु ८४९४ रहेको यषे गाउँपालिकामा सात मतदान स्थलहरु रहेको छ ।
