
पूर्णपुष्टि, चैत्र २९
२५ गते बाट लिम्चुङबङमा जारी भलिवल प्रतियोगिता र ट्रेल रेस प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा भलिवलको पुरुष तर्फ झापाको दमक नगरपालिका प्रथम भएको छ भने महिला तर्फ ओखलढुंगाको माने भञ्ज्याङ गाउँपालिका प्रथम भएको छ ।

प्रथम महिला पुरुष दुवै टिमले नगद रु १/१ लाख प्राप्त गर्नुका साथै ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरे । यता भलिवल प्रतियोगिताकै दोस्रो पुरुष तर्फ ताप्ली गाउँपालिका र महिला तर्फ दोस्रो लिम्चुङबुङ गाउँपालिका भएको छ । दोस्रो हुने यी दुवै टिमले नगद रु ५०/५० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरे । त्यसैगरी भलिवल तर्फकै तेस्रो हुने टिमहरु पुरुष तर्फ लिम्चुङबुङ गाउँपालिका र महिला तर्फ दमक नगरपालिका रहेको छ । यस टिमले पनि नगद रु २५/२५ हजार प्राप्त गर्नुका साथै मेडल ट्रफि र प्रमाण पत्र प्राप्त गरे ।
ट्रेल रेस तर्फ भोजपुरकी छ्याङजी माया राई र रामेछापका गोपाल तामाङ प्रथम

ट्रेल रेस तर्फ भोजपुरकी छ्याङजी माया राई र रामेछापका गोपाल तामाङ प्रथम भएका छन् भने खोटाङका देवराज बस्नेत र उदयपुर लिम्चुङबुङकै मनिसा राई दोस्रो भएका छन् । यता तेस्रो हुनेहरुमा भोजपुरका उमेश राई र लिम्चुङबुङ उदयपुरकै रमिला राई रहेकी छिन् । प्रथम, दोस्रो र तेस्रो हुनेहरुलाई क्रमश २० हजार, १५ हजार र १० हजारका दरले नगद र अन्य प्रमाणपत्रहरु पनि प्रदान गरिएको छ ।

बिजेताहरुलाई पुरस्कार वितरणको कार्यक्रम पालिकाको बाराहामा गरिएको आयोजक समितिका एक सदस्य मायासेर राईले जानकारी गराए । राईका अनुसार बिजेता सम्पूर्णलाई पालिकाका अध्यक्ष मेजर कुमार राईले पुरस्कार हस्तान्तरण तथा बधाई व्यक्त गरेका थिए । प्रतियोगितामा भलिवल र ट्रेल रेसको महिला र पुरुष दुवैलाई समान पुरस्कार प्रदान गरिएको राईले जनाए ।

