
पूर्णपुष्टि/उदयपुर, साउन ८ ।
उदयपुरकाे लिम्चुङबुङ गाउँपालिका-३ बराहाका स्वर्गीय कपिल थापा मगरको परिवारले स्वर्गिय छाेराेकाे चिर स्मृतिका लागि यहाँस्थित श्री महेन्द्र माध्यमिक विद्यालय, सिरवानी बाराहालाई ३ लाख रूपैयाकाे अक्षयकाेष स्थापना गरिदिएकाे छ ।
स्व. कपिलकाे वार्षिक पुण्यतिथिको अवसर पारेर परिवारले विद्यालयको शैक्षिक उन्नति/प्रगति र गरिब, विपन्न विद्यार्थीलाई सहयाेगकाे उद्देश्यले काेष स्थापना गरिदिएकाे हाे ।
`कपिल थापा मगर स्मृति विद्यालय अक्षय कोष´ स्थापना गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् वडाध्याक्ष गुरुमणि कुमाईले जानकारी दिनुभयाे ।
अक्षयकोषदाता तिलक बहादुर थापा मगरले आगामी दिनमा कोषमा रकम थप्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । थापाकाे प्रमुख आतित्यथामा आज एक औपचारिक कार्यक्रम गरी कोषको स्थापना गरिएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, सरोकारवालाहरुको उपस्थिति रहयाे ।

