लिम्चुङबुङले थाल्यो पक्कि सडकको पहल

पूर्णपुष्टि, पुष २५ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले पक्कि सडकको पहल थालेको छ । नेपाल सरकारसँग पक्कि सडकको लागी बजेट विनियोजन गर्न माग गरिएको पालिका अध्यक्ष मेजर कुमार राईले बताउनुभयो ।

पूर्णपुष्टिसँगको सम्वादमा अध्यक्ष राईले एकै पुूस्तामा समृद्ध पालिका बनाउने महाअभियान सफल हुन पक्कि सडक महत्वपुर्ण रहेको बताए । अध्यक्ष राईले सरकारले पक्कि सडकमा बजेट दिए सरकारलाई समेत फाईदा हुने बताए । पालिकामा पक्कि सडक बन्यो भने नेपालका ८ हजार माथिका ६ ओटा अग्ला हिमालहरु र सुर्योदय हेर्न पर्यटकहरु अत्याधिक मात्रामा आउने उनले बताए ।

पालिकामा पर्यटन भित्रियो भने लिम्चुङबुङका जनताको आर्थिक स्थिति बलियो हुने र जनताको आर्थिक स्थिती बलियो भए पश्चात जनताले तिरेको कर सरकारको ढुकुटीसम्म पुग्ने अध्यक्ष राईले बताए । सरकारले लगानी गर्दा कहाँबाट फिर्ता आउँछ भन्ने कुरामा ध्यान दिनुपर्छ ‘अध्यक्ष राईले भने’ सरकारले जुन ठाउँमा सडक लग्दा पर्यटन रोजगारी, आर्थिक समृद्धि, र सरकालाई फाईदा पुग्छ त्याहा लगानि गर्नुपर्छ । लिम्चुङबुङले सरकारसँग पर्यटन, आर्थिक विकाससँग जोडिएको सडक माग गरिएको समेत उनले बताए । उक्त सडक लिम्चुङबुङबाट हलेसी हुदैँ सोलुखुम्बुसम्म पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0