
पूर्णपुष्टि, जेठ ३
उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकाका ५ वटा वडाको मत गणना सकिएसँगै वडा अध्यक्षहरु विजय भएका छन् । ५ वटा वडा मध्ये २ वडामा माओवादी र १–१ वडामा ज.स.पा.र काग्रेसले जित हासिल गरेको छ भने १ वडामा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेको छ ।
१ नं. वडामा माअेवादीबाट अध्यक्षमा जनदिप मगर विजय भएका छन । खुल्ला सदस्यमा माओवादीबाट होम बं. राई र काग्रेसबाट नविन कुमार राई निर्वाचित भएका छन भने महिला सदस्यमा माओवादीबाट अन्जु राई र दलित महिला सदस्यमा देवी कुमारी कामी निर्वाचित भएकी छिन ।
२ नं. वडामा माओवादीबाट अध्यक्षमा जितेन्द्र राई विजय भएका छन । खुल्ला सदस्यमा माओवादीबाट भिम चन्द्र रार्ई र काग्रेसबाट केवल वानिया निर्वाचित भएका छन भने महिला सदस्यमा माओवादीबाट जमुना कुमारी कार्की र दलित महिला सदस्यमा प्रिथि रसाईली निर्वाचित भएकी छिन ।
३ नं. वडामा स्वतन्त्रबाट अध्यक्षमा गुरु मणि कुमाई विजय भएका छन । खुल्ला सदस्यमा माओवादीबाट केशव कुमार खत्री र काग्रेसबाट केशव बं. कार्की निर्वाचित भएका छन भने महिला सदस्यमा माओवादीबाट दुत माया मगर र दलित महिला सदस्यमा लिला घिमिरे निर्वाचित भएकी छिन ।
४ नं. वडामा ज.स.पा.बाट छत्र बं. राई विजय भएका छन । खुल्ला सदस्यमा माओवादीबाट चिन बं. राई र मन्दिप राई निर्वाचित भएका छन भने महिला सदस्यमा एमालेबाट चामु राई र दलित महिला सदस्यमा भक्त माया विश्वकर्मा निर्वाचित भएकी छिन ।
५ नं. वडामा काग्रेसबाट कविचन्द्र राई विजय भएका छन । खुल्ला सदस्यमा एमालेबाट कैलाश वि.क. र ठाकुर प्रसाद कोईराला निर्वाचित भएका छन भने महिला सदस्यमा एमालेबाट पार्वती रार्य र दलित महिला सदस्यमा पदम माया वि.क. निर्वाचित भएकी छिन ।
