Saturday, April 26News That Matters

लिम्चुङबुङ गाउँपालिकाको कर्मचारीले हप्तामा दुई दिन जातिय भेषभुषा लगाउने लगाउनुपर्ने

पूर्णपुष्टि, बैशाख १ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका कर्मचारीले हप्तामा दुई दिन जातिय भेषभुषा लगाउनुपर्ने भएको छ । लिम्चुङबुङका प्रमुख प्रशासकिय अधिकृत तारा किरण राईले आईतबार एक सुचना जारी गर्दै सम्पूर्ण कर्मचारीले हप्ताको आईतबार र सोमबार आ–आफ्नो जातीय भेषभुषा लगाउनु पर्ने जानकारी गराएका हुन् ।

गत चैत्र १ गते पालिका अध्यक्ष मेजर कुमार राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको सुचनामा उल्लेख छ । सुचनामा भनिएको छ ‘लिम्च्ङबुङ गाउँपालिकालाई पर्यटन विकासबाट आर्थिक विकास गर्ने लक्ष्य अनुसार पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आगामी २०८२ सालको बैशाख १ गतेदेखी गाउँपालिकामा कार्यरत राष्ट्र सेवक कर्मचारीहरुले हप्तामा २ पटक आ–आफ्नो जातीय भेषभूषा अनिवार्य लगाएर कार्यालयबाट सेवा उपलब्ध गराउनु पर्ने छ  । उक्त्त कार्यपालिका निर्णय बमोजिम कर्मचारीहरुले आ–आफ्नो जातीय भेषभूषा आईतबार र सोमबार दुई दिन अनिवार्य लगाउन अनुरोध गरिएको छ ।’