लिम्चुङबुङ गाउँपालिकाद्धारा इसाई धर्मलम्वीहरुलाई शुभकामना

पूर्णपुष्टि, पुष १०
उयदपुरको पहाडी पालिका लिम्चुङबुङ गाउँपालिकाले क्रिसमस डे, को अवसरमा इसाई धर्मलम्वी ख्रिस्टियनहरुलाई शुभकामना व्यक्त गरेको छ । पालिकाले पत्र मार्फत पालिकामा रहेका इसाई धर्मलम्वी सामुदायहरुमा बिषेश शुभकामना दिँदै अन्तरपालिका तथा देश विदेशमा रहेका सम्प्पूर्ण ख्रिस्टियनहरुलाई क्रिसमस डेको शुभकामना व्यक्त गरेको हो ।

पालिका अध्यक्ष मेजर कुमार राईको हस्तक्षर पत्रमा गाउँपालिकाको तर्फबाट सम्पूर्ण ईसाई धर्मलम्वीहरुलाई शुभकामना व्यक्त गरेको उल्लेख गरिएको छ । पालिकाले पत्रमा लेखेका छन्” इसाई धर्मलम्वीहरुको माहान पर्व क्रिसमस डे, २०७८ को अवसरमा सम्पूर्ण लिम्चुङबुङ गाउँपालिका भित्र रहनु भएका इसाई धर्मलम्वीहरुमा समृद्धि सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना गर्दछौँ । यस पर्वले पालिकावासीहरु बिच बन्धुत्व, आपसी प्रेम र एकताको भावना उजागर हुन प्रेरणा प्रदान गर्ने समेत पालिकाले विश्वास राख्दै सम्पूर्णमा शुभकामना व्यक्तm गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: