लिम्चुङबुङ जिरोदेखि हिरो कसरी ?

पूर्णपुष्टि, असोज २८ ।
लिम्चुङबुङ जिरोदेखि हिरोको अवस्थामा आइपुगेको सो पालिकाका अध्यक्ष मेजरकुमार राईको दावी छ । हिजो विकास, शिक्षा, स्वास्थ्य आदिको हिसावले अन्धकारमय रहेको पालिका आज उज्यालो बन्नुका साथै विकास पूर्वाधारको हिसावले अगाडी बढेको उनको भनाई छ । उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनमा उल्लेखनीय सफलताको वयान गरेका छन् ।

सडक, विजुली, संचार, खानेपानी, इन्टरनेट र भौतिक पूर्वाधारहरु निर्माण भएको मात्र हैन एम्रेष्ट भ्यूटप, लिम्चुङबुङ–सोलु बैकल्पिक राजमार्ग, सुनकोशी लिफ्टिङ खानेपानी आयोजनाले सम्भावनै सम्भावना जन्माएको बखान गरेका छन् । पूर्णपुष्टि संवादमा अध्यक्ष राईले लिम्चुङबुङको बहुआयामीक थुप्रै सफलताहरुको स–विस्तार राखेका छन् ।  –संवादको पूराअंश हेर्न  भिडियोको लिंकमा जानुहोला ।