
पूर्णपुष्टि, फागुन १४ ।
साताैं लिम्चुङबुङ स्थापना दिवस तथा कभर्डहल उद्घाटन समाराेहकाे अबसरमा आज आयाेजित ब्याड्मिन्टन प्रतियाेगितामा पुरुष डबल्सतर्फ अमिन राई र गगन राईकाे जाेडी प्रथम भयाे । विपन राई र हेमन राईकाे जाेडी दाेस्राे भयाे भने ताराकिरण राई र दिलिप कुमार चाैधरीकाे जाेडी तृतीय भयाे ।
महिलातर्फ मनिषा राई र गिता विष्टकाे जाेडी प्रथम भयाे । ममताकुमारी ठकुरी र तुलसा बाेहराकाे जाेडी दाेस्राे भयाे भने रुपा राई र सरिता राईकाे जाेडा तृतीय भयाे ।
त्यस्तै दिवसकै अबसरमा आयाेजित टेबलटेनि बल प्रतियाेगितामा साेभित कामत प्रथम, ताराकिरण राई दाेस्राे र ढकबहादुर राई तेस्राे भए ।
बिजयी टिमहरुलाई पालिका अध्यक्ष मेजरकुमार राई र उपाध्यक्ष पुष्पलाल राईले पुरस्कार प्रदान गर्नुभयाे ।
पुरषतर्फ प्रथम, दाेस्राे र तेस्राे हुने बिजयी टिमहरुले क्रमश : १० हजार, आठ हजार र छ हजार पुरस्कार प्राप्त गरे । महिलातर्फ क्रमश: पाँच हजार, तीन हजार रदसई हजार पुरस्कार प्राप्त गरे भने टिटितर्फ क्रमश: तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कार प्राप्त गरे ।
प्रतियाेगिताकाे उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष कालिदास राई (किसन) ले गर्नुभएकाे थियाे । प्रतियाेगिता अघि अतिथिहरुबीचमा मैत्रिपूर्ण खेल भएकाे थियाे । प्रतियाेगिताले खेलाडिहरुमा उत्साह थपेकाे थियाे भने दर्शकहरुका लागि राेचक बनेकाे थियाे । खेलाडिहरु समेटेर छिट्टै लिम्चुङबुङ ब्याडमिन्टन क्लब पनि गठन गरिने भएकाे छ ।