
पूर्णपुष्टि, साउन ५ गते ।
प्रदेश नं. १ को नाम अझै टुङ्गो लाग्न सकेको छैन । १ नं. प्रदेशलाई लिम्बुवान किराँत प्रदेश घोषणा गर्न माग गर्दै विराटनगरमा आज प्रदर्शन भएको छ ।
पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै विभिन्न जिल्लाबाट विराटनगर आएका पहिचानवादीहरुले आज मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले पहिचानविनाको प्रदेश नमान्ने चेतावनी समेत दिएका छन् ।
