
पूर्णपुष्टि, माघ ५
धनुषामा प्रहरीमाथी नै आक्रमण भएको छ । लुटेरको समूहले प्रहरीलाई नै आक्रमण गरेपछि प्रहरीका असई मनोज पोख्रेल घाइते भएका छन् । पोखरेललाई बटेश्वर गाउँपालिकास्थित गएराति लुटेरा समूहले आक्रमण गरेको धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए ।

महोत्तरीको भंगहा नगरपालिका(७ का अमित पाशमान भारतबाट घर फर्केन क्रममा उनलाई लुटेरा समूहले लुटेको थियो । घटनास्थल पुगेको असई पोखरेलसहितको प्रहरी टोलीले लुटेरा समूहलाई पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरेर ल्याउने क्रममा पोखरेललाई आक्रमण भएको थियो ।
लुटपाट र आक्रमणमा संलग्न ५ जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक रजौरेले बताए । पक्राउ परेका मध्ये मुख्य आरोपी रामजीवन ठाकुरको साथबाट नाइट्रोभेट ट्याब्लेट र चक्कु समेत बरामद भएको प्रहरीले जनाएको छ ।

