Wednesday, June 10News That Matters

लैँङ्गिक समनता तथा हिंसा न्युनिकरणमा १३ नं वडा अग्रसर, एक सय बढी महिलाहरुलाई ४ दिने अनुशिक्षण तालिम

पूर्णपुष्टि, फागुन १८

त्रियुगा नगरपालिका वडा नं १३ ले महिलाहरुका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । महिला नै जनप्रतिनिधि पाएको सो वडाले १५ प्रतिशत बजेट महिला कार्यक्रममा लगानी गर्दे आएको छ ।

समाजमा घट्ने बिभिन्न महिला तथा लैँङ्गिक हिंसा न्युनिकरणको उदाहरणीय मैलामैत्री वडाको रुपमा स्थापित हुन वडाले हरेक बर्षको बजेटमा महिलाहरुलाई प्राथामिकतामा राखेर काम गर्दै आईरहेको वडा अध्यक्ष पशुपति चौधरीले बताउनुभयो । हालै वडाले मंगलबार देखी शुक्रबार सम्म १ सय बढी महिलाहरुलाई लैँङ्गिक समनता तथा हिंसा बिषयक अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

अनुशिक्षण तालिममा अति विपन्न महिला, आदिवासी जनजाति महिला र अपाङगता भएको महिलाहरुलाई बिषेश प्राथामिकता दिएको छ । तालिममा महिलाहरुमा घट्ने बिभिन्न हिंसाका घटना तथा लैँङ्गि हिंसा बारे सचेतना मुलक जानकारीहरु दिईने वडा सचिव भिमा राईले बताउनुभयो ।

बिभिन्न वडाभित्र रहेको टोलबाट महिलाहरुलाई सहभागी गराईएको र सहभागी महिलाहरुले तालिममा लिएको शिक्षालाई अन्य महिलाहरुमा पनि जानकारी पुराउने हिसावले तालिम संञ्चालन गरिने राईले बताउनुयभयो । वडाले १८ र १९ सम्म ५० जनालाई र २० र २१ सम्म ५० जनालाई गरी ४ दिने तालिमको आयोजना गरेको सचिव राईले बताउनुभयो ।

तालिमको उद्घाटन प्रदेश सांसद सुनिता चौधरीले गर्नुभयो । उद्घाटन सँगै चौधरीले १३ नं वडा महिलाको क्षेत्रमा निकै अगाडी रहेको बताउनुभयो । उहाँले अब छिटै महिलामैत्रि वडा निर्माण गर्दै महिला हिंसा न्युनिकरणको पहिलो र उदाहरणीय वडाको रुपमा स्थापित हुन प्रेरित समेत गर्नुभयो । यसै वडाबाट प्रेरित भई त्रियुगा नगरपालिकाका सबै वडाहरुले एक दिन महिलामैत्रि वडा घोषणाको लागि प्रयास गर्ने र यस कार्यमा सफल हुने समेत उहाँले बताउनुभयो । वडा अध्यक्ष चौधरीले महिलाको पिडा महिलाहरुले मात्र बुझ्ने बताउँदै १३ नं वडाले महिलाहरुको क्षेत्रमा बढी भन्दा बढी कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । महिलाहरु सक्षम भएमात्र महिलाहरुको नेतृत्वमा विकास हुने भन्दै महिलाहरु लाई पनि चेतनशिल बनाउँदै नेतृत्वमा अगाडी बढाउन बिभिन्न महिलाहरु सम्बन्धि कार्यक्रमहरु गर्दै आएको अध्यक्ष चौधरीले बताउनुभयो । चौधरीले जब सम्म महिलाहरु चेतनशिल, शिक्षित र नेतृत्वमा कम्जोर हुन्छ त्यो बेला सम्म समाज जहिले पनि एक तर्फि हिसावले चलिरहने बताउनुभयो । महिलाहरुको समस्या र अवस्थालाई बुझ्न महिलानै खडा हुनु पर्ने हँदा महिलाहरु अव ठाउँ ठाउँमा नेतृत्व सम्हाल्न जरुरी रहेको बताउनुभयो । महिला र पुरुष एक दिन जव अधिकारको बराबरीमा पुग्छ त्यो वेला मात्रै समाजमा समनता स्थापित हुने अध्यक्ष चौधरीले बताउनुभयो ।

उहाँले हरेक बर्ष महिलाहरुलाई बिभिन्न क्षेत्रमा कृषि, व्यापार व्यवसाय, सिप, नेतृत्व विकास, क्षेमता बृद्धि जस्ता थुप्रै शिर्षकमा वडाले कार्यक्रमको अयोजना गरिसकेको बताउनुभयो ।