लैङ्गि हिंसा सम्बन्धी बिग बहस

गाईघाट/९

लैंङ्गिक हिंसको १६ दिने अभियानको क्रममा मुलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरले वृहत वहस (बिग बहस) सोमवार त्रियुगा नगरपालिकाको सभाहलमा गरेको छ ।

आसनमा महिला, भाषणमा महिला र सासनमा महिला भन्ने नाराका साथ लैङ्गिक हिंसामा हुने बिभिन्न बिभेदहरुलाई निराकरण गर्न सम्बन्धित व्यत्तित्वहरु सँग बृहत रुपमा यसको वहस गरेको मूलधार महिला सेवा केन्द्रकी अध्यक्ष तथा महिला अधिकारकर्मी नजवुल खानले बताईन् ।

विषेशगरी लैंङ्गिक हिंसाको अन्त्य गर्न सम्बन्धित निकायहरुले पहल गर्नुपर्नेमा जोड गर्दै जनप्रतिनिधि, महिला अधिकारकर्मी सामाजिक अभियान्ता, युवा, सुरक्षा निकाय, संञ्चारकर्मीहरु लागाएतको उपस्थितिमा बहस कार्यक्रम गरिएको थियो ।

लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज बाट सुरु गरिएको सँगै बिभिन्न जिम्मेवारी क्षेत्रहरुले वहस तथा र्याली कार्यक्रम हरु सुरु गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: